सुनचाँदीको भाउमा गिरावट

Thankot Times

थानकोट ।

आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेर कारोबार भएको छ ।

यसदिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार १ सय रुपैयाँ कायम छ ।

गएको शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएको थियो ।

सो दिन छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज आइतबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।

यसदिन चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन (शुक्रबार) चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *