मातातिर्थमा पाेखरीमा डुबेर एक जना बालिकाकाे ज्यान गयाे

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका-८ मातातिर्थस्थित ख्वाङलाङमा पानी पुनर्भरणका लागि बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका-४ घर भएकी ५ वर्षीया बालिकाकाे मृत्यु भएको हो ।

छोरी पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवाले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल पुर्‍याएका थिए ।

बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *