नागार्जुनमा भीषण आगलागी, बाटो साँघुरो हुँदा उपत्यकाका ठूला दमकल खटिँदा पनि सास्ती

थानकोट ।
काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम गाउँकाे एक घरमा शनिबार राति भीषण आगलागी भएकाे छ ।
स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा लागेको आगाे नियन्त्रण गर्न चन्द्रागिरि नगरपालिका, काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीकाे दमकल प्रयाेग गरिएकाे थियो ।
बाटाे साँघुराे भएका कारण ठूला दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुई वटा साना दमकल आगाे निभाउन प्रयाेग गरिएकाे थियो। दमकल घटनास्थलमा नपुगेपछि पानी ट्यांकरको समेत सहारा लिइएको थियो ।
आगलागीको कारण भने खुल्न सकेको छैन् ।