दहचोकमा भीषण आगलागी, स्थिति नियन्त्रण बाहिर

थानकोट ।
चन्द्रागिरि नगरपालिका-१ दहचोकमा भीषण आगलागी भएको छ ।
नागढुङ्गा सुरुङ मार्गको पूर्वी पोर्टल माथिको जंगलमा शनिबार साँझबाट आगलागी सुरु भएको हो ।
सो आगो नियन्त्रणमा लिने प्रयास भइरहेपनि सफल हुन नसकिएको स्थानीय जनप्रतिनिधिले जानकारी दिए ।
आगलागी भएको स्थान वरपर हावाको वेग बढिरहेकोले आगलागी नियन्त्रणमा लिन कठिनाइ भइरहेको बताइएको छ ।
यस बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।