नागढुङ्गा सुरुङ आयोजनाबाट प्रभावित स्थानीयले भोलिदेखि पुनः विरोध प्रदर्शन गर्ने

Thankot Times

थानकोट ।

नागढुङ्गा सुरुङ आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयले भोलिदेखि पुनः विरोध प्रदर्शन गर्ने भएका छन् ।

नागढुङ्गा सुरुङ्ग निर्माण आयोजना र चन्द्रागिरि वडा नं २ का प्रभावित क्षेत्रका बासिन्दाहरुबीच भएको सहमति कार्यान्वयनको लागि दबाब स्वरुप आइतबारबाट शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको नागढुङ्गा सिस्नेखोला सुरुङ्ग निर्माण प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिले जनाएको छ । 

सो प्रदर्शन बिहान ७ः३० बजे बसुन्डोलस्थित नागढुङ्गा सुरुङ आयोजनाको कार्यालयमा हुने बुझिएको छ ।

उक्त प्रदर्शनीमा अनिवार्य रुपमा सहभागी हुन नागढुङ्गा सिस्नेखोला सुरुङ्ग निर्माण प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिले स्थानीयलाई पत्राचार नै गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *