खेलकुद क्षेत्र बागमती प्रदेश सरकारको प्राथमिकतामा छ- मुख्यमन्त्री लामा

थानकोट ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले खेलकुद क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलमा जारी गणेशमान सिंह स्मृति फाउण्डेशन च्याम्पियन अफ च्याम्पियन तेस्रो राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री लामाले सो धारणा राखेका हुन् ।
नेपाल सितोरियो कराते डो संघ सतुङ्गलको आयोजनामा शुक्रबारबाट सुरु भएको तीनदिने राष्ट्रिय कराँते प्रतियोगिता भोलिसम्म जारी रहने बताइएको छ ।
प्रतियोगिताको उद्घाटन सत्रमा बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा देशका सात वटै प्रदेशका टोली तथा नेपाली सेना एवं सशस्त्र प्रहरी बलको समेत सहभागिता रहेको छ ।