आज सतुङ्गल आउँदै उपप्रधान मन्त्री प्रकाशमान सिंह

Thankot Times

थानकोट ।

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह एक कार्यक्रमका लागि आज चन्द्रागिरि नगरपालिका-११ सतुङ्गल आउने तालिका रहेको छ ।

नेपाल सितोरियो कराते डो संघ सतुङ्गलको आयोजनामा हुने तीन दिने राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटनका लागि उपप्रधान मन्त्री सिंह चन्द्रागिरि आउन लागेको बताइएको छ ।

चैत्र ३ गतेसम्म जारी रहने गणेशमान सिंह स्मृति फाउण्डेशन च्याम्पियन अफ च्याम्पियन तेस्रो राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो सत्रमा उपप्रधान मन्त्री सिंह सरिक हुनेछन् । उनी सो संस्थाको संरक्षक समेत हुन् । नेपाल सितोरियो कराते डो संघ सतुङ्गल डोजोले कार्यक्रम संयोजन गरेको हो ।

कार्यक्रम बिहान १० बजेबाट स्थानीय ह्वाइट दरबार पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *