स्वयम्भूबाट हराएको बुलेट मोटरसाइकल चन्द्रागिरि नगरमा भेटियो

Thankot Times

थानकोट ।

फागुन २७ गते राति काठमाडाैंको स्वयम्भूबाट हराएको मोटरसाइकल चन्द्रागिरि नगरपालिकामा फेला परेको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार स्वयम्भु प्लाजा अगाडी पार्किङ्ग गरि राखिएको बा. ८७ प ७९७७ बुलेट मोटरसाइकल बिहीबार चन्द्रागिरि नगरपालिका-०६ स्थित भित्री सडक किनारमा फेला परेको हो ।

प्रहरीले सो मोटरसाइकल सम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरिएको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *