आज चैते संक्रान्ति, कस्तो रहला दिनभरको माैसम ?

थानकोट ।
बिहीबार साँझ मेघगर्जनसहित हल्का वर्षा भएको चन्द्रागिरि नगर क्षेत्रमा अहिले बिहान माैसम सफा छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली भू-भागमा हिमपातको पनि सम्भावना रहेको छ ।
बिहान पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतयाः सफा छ ।
विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ ।
तस्वीरः प्रकाश गोपाली