नेपाल क्रिकेट संघले गर्यो खेलाडीहरूको वर्गीकरण,’ग्रेड ए’मा पाँच खेलाडी, अरु ग्रेडमा को-को परे ?

थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको वर्गीकरण गरेको छ।
क्यानले विभिन्न पाँच श्रेणीमा खेलाडीहरूको वर्गीकरण गरेको हो।
क्यानले ग्रेड एमा पाँच खेलाडीलाई राखेको छ। जसमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमापाल कामाी र आसिफ शेख रहेका छन्।
त्यस्तै ग्रेड बीमा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललित राजबंशी र अनिल साह र ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल रहेका छन्।
त्यस्तै ग्रेड डीमा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहोरा र मयन यादव रहेका छन्। त्यस्तै इमर्जिङमा अर्जुन घर्ती, हेमन्त धामी, दीपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल, सुभ कंशकार र सन्तोष यादव रहेका छन्।
क्यानले ग्रेड एका लागि एक लाख, बीका लागि ७० हजार, सीका लागि ५५ हजार, डोमेस्टिकका लागि ३५ हजार र इमर्जिङका लागि २५ हजार रुपैयाँ तलब तोकेको छ।