चाँदीको भाउ तोलाको २ हजार रुपैयाँ

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बुधबार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेको छ ।

बुधबार सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ ।

बुधबार चाँदी तोलाको दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *