चन्द्रागिरि-१३ पुरानो नैकापमा आजबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय परिचय वितरण कार्य जारी छ ।

गत सोमबारबाट चन्द्रागिरि नगरपालिकाले वडा नं. १४ नयाँ नैकाप र वडा नं. १५ तीनथानाबाट राष्ट्रिय परिचय वितरण थालनी गरेकोमा आज बुधबारबाट वडा नं. १३ पुरानो नैकापबाट समेत परिचय पत्र वितरण सुरु भएको हो ।

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका र परिचयपत्र बनिसकेको सन्देश मोबाइलमा प्राप्त गरेका नगरबासीहरूले सम्बन्धित वडा कार्यालयबाट सो परिचय पत्र प्राप्त गर्न सक्ने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *