सुनचाँदीको मूल्यमा गिरावट

थानकोट ।
आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको मूल्य तोलामा यस दिन ५ सय रुपैयाँले घटेर कारोबार भइरहेको हो।
मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ६९ हजार ९ सय रुपैयाँ कायम छ ।
अघिल्लो कारोबार दिन हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले घटेको छ ।
आज चाँदीको भाउ प्रतितोला एक हजार ९ सय ७० रुपैयाँ तोकिएको महासंघको भनाइ छ।