चोरी गरेको आरोपमा कीर्तिपुरबाट ३ जना पक्राउ

Thankot Times

थानकोट ।

कीर्तिपुरमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ घर भइ काठमाडौं बस्ने ५२ वर्षीय राजकुमार कार्की, धादिङको महादेववेशी गाउँपालिका–६ घर भएका ३३ वर्षीय फुलबहादुर तामाङ र भारतको बिहारका ३२ वर्षीय महोमद इमरान छन् ।

उनीहरुलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध चोरीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो समूहले १५ फागुनमा कीर्तिपुरको ढल्पास्थित एक जनाको डेरा कोठाको ताला फोडेर सामानहरु चोरी गरेको आरोप छ ।

प्रहरीले उनीहरुबाट सुनको रिङ २ थान, गालेको सुनको सिक्का १ थान, घडी १ थान, चाँदीको तिलहरी १ थान, चाँदीको बाला १ थान, सुनको तिलहरी १ थान, नगद ३ हजार, ३ थान ल्यापटप, मोबाइल र चाबी फुटाउन प्रयोग हुने रड बरामद गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *