नागढुंगाबाट लागूऔषधसहित ३८ वर्षीय पुरुष पक्राउ

थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी घर भएका ३८ वर्षीय साहबुदिन मन्सुरी रहेका छन् ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०१-००६ ख ४८१७ नम्बरको बसमा सोमबार जाँच गर्दा उनको साथबाट करिब १ सय ७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको टोलीले मन्सुरीलाई नियन्त्रणमा लिएको हो ।
उनीमाथि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको छ ।