सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढ्यो

थानकोट ।
नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य बढोत्तरी भएको छ ।
हिजो आइतबारको तुलनामा आज सुनको भाउ तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।
आइतबार तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो ।
सोमबार चाँदीको भाउ स्थिर छ ।
अघिल्लो दिन प्रतितोला १ सय ९ सय ८५ रुपैयाँ रहेको चाँदी आज सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।