पूर्व राजालाई स्वागत गर्न हाैसिएका कार्यकर्ताले होस गुमाएपछि राप्रपालाई एक लाख जरिवाना

थानकोट ।
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना गरेको छ ।
आइतबार सो पार्टीले आयोजना गरेको पूर्वराजाको स्वागत कार्यक्रमका क्रममा सडकपेटीमा रहेका रेलिङ तथा आइल्यान्डमा रहेका बिरुवामा क्षति पुगेको भन्दै महानगरले जरिवाना गरेको हो ।
राप्रपाको नाममा पत्र पठाएको महानगरले उक्त पत्रको बोधार्थ निर्वाचन आयोग नेपाल, कान्तिपथ, काठमाडौं र प्रशासन विभाग, काठमाडौं महानगरपालिकालाई पनि दिइएको छ ।
यसअघि सत्तारुढ दल नेकपा एमालेको दरबारमार्गमा भएको कार्यक्रमका क्रममा पनि फोहोर भएको भन्दै महानगरले उक्त दललाई एक लाख जरिवाना गरेको थियो ।
पत्र हेराैं