नागढुंगा सुरूङ मार्गको पछिल्लो प्रगति विवरण सार्वजनिक

Thankot Times

थानकोट ।

राष्ट्रिय गाैरवको परियोजना नागढुंगा सुरूङ मार्गको काम ८६ प्रतिशत सम्पन्न भएको छ।

नागढुंगा सुरुङ मार्ग आयोजनाले आइतबार पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दै तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास र तीनवटा पुल निर्माणको काम सकिएको जानकारी दिएको हो ।

एउटा फ्लाइओभर निर्माणाधीन अवस्थामा छ।

बाटो ढलान गर्नेलगायत पेभमेन्टका काम ६७ प्रतिशत सम्पन्न भएको छ। आयोजनाको ८६.३६ प्रतिशत भौतिक र ७६.६८ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका चन्द्रशेखर रौनियारले जानकारी दिए ।

नेपालकाे पहिलाे यातायात सुरुङ मार्गबाट काठमाडौं भित्रन र बाहिरिन सहज हुनेगरी अब एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *