आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य कति छ ?

थानकोट ।
आज आइतबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम छ ।
शुक्रबार चाँदी तोलाको १ हजार ९ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।