हनुमन्ते खोलामा एक पुरुष मृत भेटिए

थानकोट ।
भक्तपुर नगरपालिका- १ सृजनानगरस्थित हनुमन्ते खोलामा अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले पाँच फिट पाँच इन्च उचाइ, मंगोलियन अनुहार, दाहिने कानमा कालो रबरको टप लगाएको पुरष शनिबार मृत फेला परेको जनाएको छ ।
प्रहरीका अनुसार ती व्यक्तिको बायाँ हातमा महिलाको आकृति भएको ट्याटु खोपिएको छ ।