च्याम्पियन्स ट्रफीको फाइनल आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

थानकोट ।
आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुँदै छ ।
दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि शुरु हुनेछ ।
सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । २५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुन लागेका हुन् ।
च्याम्पियन्स ट्रफीमा भारत र न्युजिल्याण्ड समूह ए मा थिए । भारतले समूह चरणको अन्तिम खेलमा न्युजील्याण्डलाई पराजित गरेको थियो र अब आठ दिनको अन्तरालपछि दुवै टोली फेरि एकपटक आमनेसामने हुँदैछन् ।
एकदिवसीय खेलमा भारत र न्यूजील्याण्डको हेड टू हेडको कुरा गर्ने हो भने दुवै देश अहिलेसम्म ११९ पटक एकदिवसीय खेलमा आमने सामने भएका छन् । जसमा भारतले ६१ खेल जितेको छ भने न्यूजील्याण्डले ५० खेल जितेको छ । त्यस्तै दुवै देशबीचका ७ खेलको नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।