सुचेन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा तेश्रो बृहत रक्तदान एवं स्वास्थ्य शिविर सम्पन्न

थानकोट ।
स्वर्गीय सुचेन्द्र श्रेष्ठको स्मृतिमा स्थापना गरिएको संस्था सुचेन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा शनिबारचन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित गोदामचोकमा रक्तदान एवं स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्रतिष्ठानका अनुसार रक्तदान कार्यक्रममा ४८ जनाभन्दा बढीले रक्तदान गरेका छन् ।
मानव सेवा भावमा समर्पित प्रतिष्ठानले भविष्यमा पनि सामाजिक सेवाका कार्यहरूमा सक्रिय रहने प्रतिष्ठानका अध्यक्ष विपना श्रेष्ठले जानकारी दिइन् ।