लायन्स क्लबको आयोजनामा वनस्थलीमा निःशुल्क स्वास्थ्य शिविर, १ हजार ५ सय जना सहभागी

थानकोट ।
ॐ समाज दन्त अस्पतालको वनस्थली शाखाले प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविरमा उल्लेख्य मात्रामा उपस्थिति देखिएको छ ।
शनिबार लायन्स क्लब अफ काठमाण्डू इन्द्र अन्नपूर्ण योगा, विभिन्न क्लब तथा संघसंस्थाको सहयोगमा सञ्चालित शिविरमा दन्त रोग, स्त्री तथा बाल रोग, नेत्र रोग चेक जाँचमा १ हजार पाँच सय ३४ जनाले सहभागीता जनाएका हुन् ।
शिविरमा ॐ समाज दन्त अस्पताल, ईशान स्त्री तथा बाल अस्पताल, कीर्तिपुर आँखा अस्पतालले छुट्टाछुट्टै क्याम्प सञ्चालन गरेका थिए ।
सो क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट रक्तदान शिविर समेत सञ्चालन भएको थियो जहाँ ३६ जनाले सहभागिता जनाएका थिए ।
लायन्स क्लब अफ काठमाण्डू इन्द्र अन्नपूर्ण योगाका अनुसार शिविरमा दन्त चेक जाँच ४३६ जनाले गराएका थिए भने स्त्री तथा बाल जाँचमा ७४२ जनाको सहभागिता रहेको थियो । यस्तै आँखा जाँचमा ३५६ जनाले सहभागिता जनाएका थिए ।