सुचेन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा आज थानकोट गोदामचोकमा रक्तदान कार्यक्रम हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित सुचेन्द्र स्मृति प्रतिष्ठानले आज तेस्रो बृहत रक्तदान एवं स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आव्हान एवं नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाको प्राविधिक सहयोगमा सुचेन्द्र स्मृति प्रतिष्ठानद्वारा रक्तदान शिविर आयोजना हुन लागेको हो ।

थानकोटको गोदाम चोकमा सञ्चालन हुने शिविर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जारी रहने सुचेन्द्र स्मृति प्रतिष्ठानले जनाएको छ ।

स्थानीय युवा सुचेन्द्र श्रेष्ठको स्मृतिमा सो प्रतिष्ठानले विगत तीन वर्षदेखी वर्षेनी रक्तदान शिविर संयोजन गर्दै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *