नैकापस्थित सान ईन्टरनेशनल कलेजले आज रजत जयन्ती मनाउँदै

थानकोट ।
नैकापस्थित सान ईन्टरनेशनल कलेजले आज रजत जयन्ती मनाउँदै छ ।
स्थापनाको २५औं वार्षिकोत्सवका अवसरमा कलेज प्राङ्गणमा आज शनिबार विशेष कार्यक्रम आयोजना हुने क्याम्पसले जनाएको छ ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी लगायतको उपस्थितिमा रजत जयन्ती उत्सव मनाउन लागिएको सो क्याम्पसका अध्यक्ष डा. सुभाष घिमिरेले जानकारी दिए ।
कक्षा ११ देखी स्नातकोत्तर तहसम्म अध्यापन हुने क्याम्पसमा हाल करिब ६ सय जना विद्यार्थी अध्ययनरत छन् ।