शव जलाउने मेसिन खरिदमा पनि कमिशनको विवाद

Thankot Times

थानकोट ।

जलाउन खरिद गरेको मेसिन (फर्नेस)मा समेत कमिशनको विवाद भएको छ ।

चारवटा मेसिन खरिदका लागि कोषले ०८० असोजमा म्याप इन्टरप्रेनर्स प्रालिसँग सम्झौता गरेको थियो । जसअनुसार पाँच करोड ६५ लाख ५४ हजार ७९० रुपैयाँमा खरिद गरिएका दुईवटा मेसिन गत वर्ष नै जडान गरिएका थिए । तर, ठेकेदार, कोषका पदाधिकारी तथा कर्मचारीबिच कमिसनको कुरा नमिलेपछि ती मेसिनको भुक्तानी भएको छैन । ठेकेदारले मेसिनको आवधिक मर्मत पनि गरेको छैन । उल्टै, मेसिन बन्द गर्ने ठेकेदारको चेतावनी छ ।

जलहरीको भ्रष्टाचार मुद्दामा कोषका सदस्यसचिव मिलन थापा निलम्बनमा परेका वेला तत्कालीन निमित्त सदस्यसचिव राजुुकुमार खत्रीले खरिद सम्झौता गरेका थिए । उनले नै २ वैशाख ०८१ मा भुक्तानी गर्ने निर्णय पनि गरेका थिए । तर, पछि अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि सदस्यसचिवमा फर्किएका थापाले भुक्तानी रोके । खरिद प्रक्रियामा कमिसनको खेल रहेका कारण उनले भुक्तनी रोकेको स्रोतको भनाइ छ, शुक्रबारको नयाँ पत्रिका दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *