बिहानै दुःखद खबर, काठमाडाैंमा ६१ जना आश्रित सुतिरहेको टहरामा ट्रिपर ठोकिँदा ३ जनाको मृत्यु

थानकोट ।
शंखरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित एक अस्थायी टहरामा टिपर पस्दा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का २५ वर्षीय सागर माझीले चलाएको बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको टहरामा पसेको हो ।
टहरोमा ६१ जना बस्दै आएका छन् ।
टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए, जसमध्ये तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनीहरूको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४ः३० बजे मृत्यु जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दुर्घटनापछि चालक सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।