गृह मन्त्रालयका ७ सहसचिवको सरुवा

Thankot Times

थानकोट ।

गृह मन्त्रालयले ७  जना सहसचिवको सरुवा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो ।

गृह मन्त्रालयले आज सार्वजनिक गरेको सरुवा सूची अनुसार धर्मराज जोशी बाँकेमा सीडीओ भएर गएका छन् ।

त्यस्तै, संखुवासभामा दिव्यराज पोखरेल,खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरे सीडीओको रुपमा पुगेका छन् ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारी गृह मन्त्रालयमा तानिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *