सुनको मूल्य उकालो लाग्ने क्रम जारी

Thankot Times

थानकोट ।

आज बिहीबार नेपाली बाजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मोल बिहीबारका लागि  १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो ।

आज बिहीबार चाँदीको भाउ पनि अघिल्लो दिन (बुधबार) को तुलनामा बढेको छ ।

बुधबार प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन (बिहीबार) प्रतितोला १ हजार ९ सय ८५ कायम गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *