सांसद शाहीकाे उपस्थितिमा राप्रपाकाे बैठक गुर्जुधारामा बस्दै

थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं विमानस्थलमा स्वागत गर्न तयारी थालेको छ।
जसका लागि राप्रपाले आज काठमाडौंका पाँच वटा नगरमा तयारी बैठक डाकेको छ ।
जसअनुसार चन्द्रागिरि नगरमा बिहान ९:३० बजे बैठक डाकिएकाे साे पार्टीका सांसद ज्ञान बहादुर शाहीले जानकारी दिए ।
राप्रपाले आज दक्षिणकाली, टाेखा, नागार्जुन र तारकेश्वरमा समेत तयारी बैठक डाकेको बुझिएको छ।