राप्रपाले भन्यो- फागुन २५ गते त्रिभुवन विमानस्थलमा भेला हुनू

थानकोट ।
बुधबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, देशभर भइरहेका पार्टीका कार्यक्रमहरु एवं संगठन निर्माणको अवस्थाबारे समीक्षा भएको छ ।
‘राजा ज्ञानेन्द्रबाट गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशवासीका नाममा सार्वजनिक भएको सन्देशको राष्ट्रिय प्रजातन्त्र पार्टी हार्दिक स्वागत गर्दछ’ बैठकपछि मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संवैधानिक राजसंस्था पुन:स्थापनाको प्रमुख लक्ष्य बोकेको राप्रपाले राजाको सम्बोधन नागरिकलाई जागरुक र एकताबद्ध बनाउन देशभर कार्यक्रम गरिरहेको पनि जनाएको छ।
राप्रपाले फागुन २५ गतेको काठमाडौँमा गर्ने भनेको आमसभा भने स्थगित भएको जनाएको छ। ज्ञानेन्द्र शाह उक्त अभिव्यक्तिपछि काठमाडौँ फर्किन लागेको र उनलाई स्वागत गर्नकै लागि आमसभा स्थगित गरेको राप्रपाले जनाएको छ।
‘यही फागुन २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ’ श्रेष्ठले जारी विज्ञप्तिमा उल्लेख छ।