बागमती प्रदेशभित्र सञ्चालित सबै एम्बुलेन्समा ६० दिनभित्र जीपीएस जडान गर्न निर्देशन

Thankot Times

थानकोट ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश क्षेत्रभित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्समा ६० दिनभित्र जीपीएस जडन तथा नवीकरण गर्न निर्देशन दिएको छ ।

बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले ती एम्बुलेन्स प्रदेशको डिस्प्याच सेन्टरमा आवद्ध हुन समेत निर्देशन दिएको हो ।

जीपीएस जडान नगर्ने, नवीकरण नगर्ने र डिस्प्याच सेन्टरमा आबद्ध नहुने एम्बुलेन्स सेवा प्रदायकलाई नियमानुसार कारबाही हुने मन्त्रालयले जनाएको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *