आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने

थानकोट ।
आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ साढे ६ बजे बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका नियमित कामकारबाही बारे छलफल र निर्णय हुने बुझिएको छ ।