भक्तपुरबाट ४ दिनदेखि हराइरहेका व्यक्ति मृत भेटिए

थानकोट ।
भक्तपुरमा एक पुरुष मृत भेटिएका छन् ।
भक्तपुर नगरपालिका-९ च्यामसिंहस्थित गरूडकुण्ड पोखरीको छेउमा एक पुरुष मृत भेटिएका हुन् ।
मृत भेटिनेमा सूर्यविनायक नगरपालिका–१० चित्तपोल भंगाल बस्ने ६६ वर्षीय भरत दुलाल रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।
उनी मंगलबार मृत फेला परेका हुन् । घटनाबारे भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
घरबाट हराएको चार दिनदेखि हराएको पाइएको नेउपानेले बताए ।
शवको प्रकृती हेर्दा हत्या जस्तो नदेखिएको प्रहरीको भनाइ छ ।