गाडीमा खैरो हेरोइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए

थानकोट ।
सशस्त्र प्रहरीले करीब ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिईएकाहरूमा धादिङ्ग जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय, सोही जिल्लाको निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय गरी ४ पुरुष रहेका छन्।
एपीएफ इन्टेलीजेन्स व्युरोको विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले उनीहरुले ब्राउन सुगर बेचबिखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
साथै उनीहरुले प्रयोग गरेको प्रदेश ०२५ प ८४५९ मोटरसाइकल र बा १५ च १७७३ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ।