भँगेरा संरक्षणका लागि अन्तर्क्रिया कार्यक्रम गर्दै चन्द्रागिरि नगरपालिका वडा नं. ९

Thankot Times

थानकोट । 

चरा संरक्षणका लागि चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँले अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।

घर भँगेरा संरक्षण अभियानसँगको सहकार्यमा फागुन २३ गते शुक्रबारका दिन घर भँगेरा संरक्षण (चरामैत्री) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गर्न लागिएको वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिए । 

सो कार्यक्रम मच्छेगाउँस्थित वडा कार्यालय हातामा सञ्चालन हुने बताइएको छ ।

घरमा बस्ने र रुखमा बस्ने गरि भँगेरा दुई किसिमका हुन्छन । घरमा बस्ने भँगेराले गुँड बनाउँदैनन् ।

घरका भित्तामा, छानामा भएका प्वालमा बस्छन्। त्यहीँ अण्डा पारेर बच्चा कोरल्छन्।

वनमा बस्ने भँगेरा घरतिर आउँदैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *