ललितपुरको टिकाथलीमा पानी निकाल्न बोरिङ खन्दा आगो बल्न थालेपछि….

Thankot Times

थानकोट ।

ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ।

टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो ।

पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको आगोलाई बिहानदेखि निभाउने प्रयास जारी रहेको बतइएको छ ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् ।

ललितपुर प्रहरी परिसरले यस विषयमा सिनियर टोली पठाएर बुझ्ने काम भइरहेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *