कस्ताे रहला आज दिनभरकाे माैसम ?

Thankot Times

थानकोट ।

देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । धेरै भूभागमा भने मौसम बदलीदेखि सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

“काठमाडौंमा आज मौसम बदली हुनेछ । बदली भए पनि वर्षाको सम्भावना भने छैन,” मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “एउटा प्रणाली त छ, तर वर्षा गराउने खालको छैन ।”

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *