रास्वपा चन्द्रागिरि वडा नं. ०६ को सभापतिमा हरिहर केसी, सचिवमा सुनिल श्रेष्ठ

थानकोट ।
हरिहर केसी राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि वडा नं. ६ महादेवस्थानको सभापति चयन भएका छन् ।
शनिबार चेकपोष्टमा आयोजित सो पार्टीको प्रथम वडा अधिवेशनले केसीको नेतृत्वमा नाै सदस्यीय वडा कमिटि गठन गरेको हो ।
जसअनुसार उपसभापतिमा सरस्वती गुरुङ रहेकी छन् । सचिवमा भने सुनिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
सदस्यमा क्रमश कृष्णप्रसाद फुयाँल, रिता पन्थी न्याैपाने, कैलाश थापा, रामप्रसाद कार्की, रेनुका थापा र राधेश्याम खड्का रहेका छन् ।
रास्वपा केन्द्रीय निर्वाचन विभागको निर्देशन अनुसार तय गरिएको कार्यविधि अपनाई वडा कार्यसमिति गठन गरिएको सो पार्टीका काठमाडाैं जिल्ला संयोजक प्रदीप विष्टले जानकारी दिए ।
माघ मसान्तभित्र चन्द्रागिरि नगरपालिकाका सबै वडाहरूको अधिवेशन सम्पन्न गरी फागुन अन्तिम साता चन्द्रागिरि नगर समितिको अधिवेशन गर्ने रास्वपाको तयारी गरिएको भनिएपनि प्राविधिक काण पूर्व निर्धारित तालिका प्रभावित भएको रास्वपा चन्द्रागिरि नगर कमिटीले जनाएको छ ।
रास्वपाले यसअघि चन्द्रागिरि नगरपालिकाका वडा नं ५, ८, १०, १३, १५ को अधिवेशन सम्पन्न गरिसकेको छ ।
तस्वीर: प्रदीप बस्नेत