चैत्रबाट हरेक सोमबार चन्द्रागिरि केबलकारको टिकटमा २५% छुट

थानकोट ।
चैत्र महिनाबाट लागु हुने गरि चन्द्रागिरि हिल्सले चन्द्रागिरि केबलकारको टिकटमा सहुलियत दिने भएको छ ।
चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सद्धारा जारी विज्ञप्तीका अनुसार हरेक सोमबार चन्द्रागिरि केबलकारको टिकट खरिदमा २५% छुट उपलब्ध हुनेछ ।
चन्द्रागिरि केबलकारको टिकट किन्दा स्थानीयले कति छुट पाउलान् ? यस्तो छ पछिल्लो छुट नीति
यो सुविधा नेपाली नागरिकहरूका लागि मात्रै मान्य हुने बताइएको छ ।