सतुङ्गलमा पनि खुल्यो कजारियाको सोरुम, बढ्दो मागलाई पूरा गर्ने लक्ष्य

थानकोट ।
टाइल निर्माता कजारियाले सतुङ्गलमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ ।
श्रीसाई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।
समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, ‘काठमाडौं कजारियाका लागि एक प्रमुख बजार रहिआएको छ, र यो सोरुम हाम्रो प्रतिबद्धताको प्रमाण हो जसले घरधनीहरू, आर्किटेक्ट र निर्माणकर्ताहरू सामु उच्च गुणस्तरका टायलहरू पुर्याउने काम गर्दछ।’
कम्पनीका अनुसार काठमाडौंको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी तथा वडा नंं ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले सो सोरुमको उद्घाटन गरेका हुन् ।