वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा सतुङ्गलबाट एक पुरुष पक्राउ

थानकोट ।
वैदेशिक रोजागारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा सतुङ्गलबाट एक पुरुष पक्राउ परेका छन् ।
काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पोल्याण्ड पठाइ दिन्छु भन्दै २ लाख २३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ५२ वर्षीय पुरुष फागुन १७ गते सतुङ्गलबाट समातिएका हुन् ।
उनी माथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
पक्राउ पर्नेमा बाँके घर भएका पशुपति खत्री रहेका छन् ।