इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा

Thankot Times

थानकोट ।

इटालीका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन काठमाडौं आइपुगेका छन् ।

सोमबार हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रुपमा सहभागी हुन बुफोन काठमाडौं आएका हुन् ।

सोमबार दशरथ रंगशालामा हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दै छन् ।

आयोजक राष्ट्रिय युवा संघले बुफोनलाई अतिथिको रुपमा काठमाडौँ ल्याएको हो ।

४७ वर्षिय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन भने इटालीलाई २००६ को विश्वकप जिताउँदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *