नेपाली बजारमा आज सुनचाँदीको भाउ कति छ ?

Thankot Times

थानकोट।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो कारोबार दिन (शुक्रबार) कै बराबार कायम भएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्यपनि स्थिर रहेको छ।

यसदिन चाँदीको मूल्य तोलाको १ हजार ९ सय १५ रुपैयाँ कायम गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *