बुढानीलकण्ठ नगरपालिका नगर अस्पतालका लागि ३० कर्मचारी माग

Thankot Times

थानकोट ।

बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालका लागि ३० जना कर्मचारी माग गरिएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

सूचनाअनुसार मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्नेसियन, रेडियोग्राफर, फार्मेसी सहायक लगायतका पदमा दरखास्त आह्वान भएको छ । दरखास्तपछि सफल हुने उम्मेदवारलाई करारमा नियुक्ति गरिने सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *