दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

Thankot Times

थानकोट ।

दक्षिण अफ्रिका जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ ।

शनिबार सम्पन्न खेलमा इङल्याण्डलाई ७ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

इङल्याण्डले दिएको १८० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाके २९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्ड ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो ।

यो जितपछि समुह बी बाट दक्षिण अफ्रिका ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै अस्ट्रेलिया ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी योसँगै समुह बी बाट अफगानिस्तान र इङल्याण्ड प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब समुह चरण अन्तर्गतको अन्तिम खेल आज आइतबार समुह ए को भारत र न्यूजील्याण्डबीच हुँदैछ ।

यस खेलले समुह विजेता र उपविजेताको तय गर्ने छ ।

समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनल पुगिसकेका छन् भने समुह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *