जसपा नेपाल निकट केन्द्रीय खेलकुद महासंघ गठन

Thankot Times

थानकोट ।

जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी खेलकुद महासंघ केन्द्रीय तदर्थ समिति गठन भएको छ ।

शनिबार जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा आयोजित भेलाले १५ सदस्यीय समाजवादी खेलकुद महासंघ गठन गरेको हो ।

युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विन्देश्वर यादव ‘विक्की’ को अध्यक्षतामा बसेको बैठकले महासंघको उपाध्यक्षमा दिनेश महतो, महासचिवमा राजेश गुप्ता र सचिवमा दिपेन्द्र गोइत चयन गरेको छ ।

यसैगरी, सन्तोष दास, जितेन्द्र यादव, रविन्द्र श्रेष्ठ, कृति साह, विक्रम पौडेल, सनोजराज बैद्य, मृगेन्द्र विक्रम साह, अनिल यादव, धर्मदेव साह, रोमा राई, कर्मा महर्जन र दिपेन्द्र कुमार यादव महासंघको सदस्यमा चयन भएका छन् ।

अर्को बैठकले बाँकी पदाधिकारी र सदस्यहरुको चयन गर्ने महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *