कलंकीचोकमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा २७७ जनाले सेवा लिए

थानकोट ।
काठमाडाैंको कलंकी चोकमा शनिबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा २७७ जनाले सेवा लिएका छन् ।
लायन्स क्लब अफ काठमाडाैं इन्द्र अन्नपूर्णको आयोजना एवं ओम समाज दन्त अस्पताल र मातृका आइ केयरको प्राविधिक सहयोगमा कलंकी चोकमा सञ्चालित सो शिविरमा १७० जनाको दन्त परीक्षण गरिएको आयोजकको भनाइ छ ।
यसैगरी १०७ जनाले आँखा जाँच गराएका छन् ।
सो शिविरमा ५३ जनाले रक्तदान गरेको ओम समाज दन्त अस्पतालका प्रमुख डा. सुभाष घिमिरेले जानकारी दिए ।