केपी ओली कपः आर्मी फाइनलमा, संकटा २-१ ले पराजित

Thankot Times

थानकोट ।

त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक-एक गोल गरे । नवयुगले खेलको सातौं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । खेलको ६५औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । संकटाका विसन गुरुङले इन्जुरी समयमा सान्त्वना गोल फर्काए।

प्रतियोगिताको दोश्रो सेमीफाइनलमा आज आयोजक केपी ओली फुटबल क्लब र मच्छीन्द्र क्लबबीच खेल हुनेछ । यो खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

फाइनल खेल फागुन १९ गते हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *