मातातिर्थ बाैथली चोकमा आज निःशुल्क दन्त शिविर आयोजना गर्दै वर्ल्ड लिंक

थानकोट ।
नीजि क्षेत्रको सबैभन्दा बृहत इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले आज चन्द्रागिरि नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दैछ ।
कम्पनीका अनुसार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको सो शिविर चन्द्रागिरि नगरपालिका वडा नंं ८ स्थित बाैथली चोकमा हुनेछ ।
शिविर मुख्यतः दन्त रोगसँग सम्बन्धित रहने बताइएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नंं ८ सँगको सहकार्यमा कम्पनीले सो कार्यक्रम आयोजना गर्न लागेको हो । शिविरमा समाज डेन्टल अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराउने बुझिएको छ । शिविर बिहान १० बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ ।